Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 13, 2024 समाज

कुखुरालाई दानापानी दिने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

‍‍‍‍‍‍‍फागुन १, नुवाकोट | नुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

बेलकोटगढी नगरपालिका-५ केउरेनी बस्ने २४ वर्षीय प्रदिप राईको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

आफ्नै कुखुराको फर्ममा कुखुरालाई दानापानी दिने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।

उनको अम्बेभरोसा अस्पताल गल्छी धादिङमा उपचारको क्रममा मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।