Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 15, 2024 समाज

‘ब्रेक फेल’ हुँदा कपिलबस्तुमा बस दुर्घटनाः प्रहरी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ३, काठमाडौँ | पूर्व–पश्चिम राजमार्गस्थित शिवराज नगरपालिका–१ सुरही खोलामा भएको बस दुर्घटनाको कारण यान्त्रिक गडबडीले भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी हरिबहादुर वलीले १० जना यात्रुको मृत्यु र ३० जना यात्रु घाइते हुने गरी भएको बस दुर्घटनाको कारण ब्रेक फेल भएको जानकारी दिए।

‘हाम्रो प्रारम्भिक अनुसन्धानबाट ब्रेक फेल हुँदा दुर्घटना भएको देखियो,’ उनले भने,‘यस घटनाको विस्तृत कारणहरु पत्ता लगाउन अनुसन्धान पनि गर्दैछौँ।’

उनका अनुसार पहाडको घुम्ति छिचोल्ने क्रममा बस दायाँबायाँ गरेर हल्लिएको र सिधै पहाडबाट खोलामा खस्दा ठूलो मानवीय क्षति हुन पुगेको हो। एक महिनाअघि पनि रातिको समयमा भालुबाङ पुलबाट बस खस्दा १२ जना यात्रुको मृत्यु भएको थियो।