पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन ६, मोरङ | </b>मोरङको उर्लाबारी–४ मा एक किशोरीलाई बलात्कार गरेको आराेपमा एकजना पक्राउ परेका छन् । <br></p><p>मोरङको मिक्लाजुङ घर भई उर्लाबारीमा डेरामा बस्दै आएकी १७ बर्षीया किशोरीलाई बलात्कार गरेको आराेपमा उर्लाबारी–५ का रविन गुरुङलाई प्रहरीले पक्राउ गरेकाे हो । किशोरीले बलात्कार गरेको भन्दै दिएकाे जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको उर्लाबारी प्रहरीले जनाएको छ ।</p>

