१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रौतहटमा कर्फ्युको दायरा बढाईयो

६ फाल्गुन २०८०, आईतवार ०९:२६

फागुन ६, रौतहट | रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिमै उच्च श्रृंखल गतिबिधि हुँदा स्थानिय प्रशासनले कर्फ्यू दायरा बढाएको छ।

ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मुर्ति सेलाउन बिषयमा दुई समुदाय बीच झडप हुँदा स्थानिय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

 सरस्वतिको मुर्ति सेलाउन लैजाने समुहमाथि  शनिबार  घिउरामा मुस्लिम समुदायले घरको छत बाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका मानिस घाईते भएका थिए।

झडपमा मुस्लिम तर्फ पनि घाईते भएको तर घाईतेको संख्या यकीन हुन नसकेको प्रहरीले बताएको थियो। घटना नियन्त्रण गर्न मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेल, सशस्त्रका डिआईजी दीपेन्द्र साह समेत घटनास्थल पुगेका थिए।

स्थिति नियन्तरणमा लिन सिडियो हिरालाल रेग्मीले एक सूचना जारिगर्दै सनिवार साँझ ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका थिए।कर्फ्यू अवधिमै उच्चश्रृंखला गतिबिधि भएपछि स्थानीय प्रशासनले कर्फ्यू क्षेत्र फराकिलो बनाएको छ।

कर्फ्यू जारी संगै उक्त क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ७०० जनशक्ती परिचालन गरिएको छ। अवस्था सामान्य पनि भएको थियो।

यसैबीच कर्फ्युकै अवधिमा आज आइतबार आज केही उच्चश्रृंखल युवाहरुको समुहले ईशनाथ नगरपालिका  औरैया गाउँमा रहेको मस्दिज को माथि गुम्बद बाट माईक (हरन ) खोलेको छ। यसरी मस्जिदको माथी रहेको माईक खोल्दा पुनः अवस्था तनावग्रस्त हुनसक्ने भएकाले प्रहरीले सजगता अपनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले घटनाको पुष्टि गर्दै संलग्नको खोजी भईरहेको बताएकी छन्।

कर्फ्यू अवधिमै थपसमाप्रदायिक बिवाद बढ्ने सम्भावना लाई नजर गर्दै सिडियो रेग्मीले आईतवार एक सूचना जारिगर्दै कर्फ्युको दायरा फराकिलो बनाएको छ।

बनजरहा नगरपालिका वडा २,३,४,५, ६र ७ मा समेत अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप, र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैया देखि जयनगर सम्म चारकिल्ला भित्र कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। साथै यस सम्प्रदायिक बिवाद लाई फैलाउने बढाउने कुनै प्रकारको तस्वीर भिडियो, स्टाटस सामाजिक सञ्जालमा नराख्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ।

पछिल्लो दुई तीन दिनदेखि केही मानिसहरूले ईशनाथको घटना संग जोडिएको बिभिन्न भ्रामक भिडियो तस्बिर तथा स्टाटसहरू सामाजिक सञ्जालमा देखिएकाले सामाजिक सदभाव कायम राख्न त्यस्तो गतिबिधि नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लाबासी लाई आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ