१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुईभन्दा बढी सन्तान हुनेले सरकारी जागिर नपाउने

१७ फाल्गुन २०८०, बिहीबार ११:२८

फागुन १७, राजस्थान | सर्वोच्च अदालतले राजस्थान सरकारको दुई सन्तान नियमलाई अनुमोदन गरेको छ। 

सर्वोच्च अदालतले दुईभन्दा बढी सन्तान भए सरकारी जागिर नदिने निर्णयलाइ भेदभाव नभएको बताएको छ ।

अदालतले यो प्रावधानको पछाडिको उद्देश्य परिवार नियोजनको प्रवर्धन गर्ने रहेको प्रस्टाएको छ । 


सर्वोच्च अदालतले पञ्चायतको चुनाव लड्न पनि यस्तै नियमलाई पनि हरियो संकेत दिएको थियो । सर्वोच्च अदालतले यो नियम नीतिको दायराभित्र आउँछ, यसमा हस्तक्षेप गर्न आवश्यक नरहेकोसमेत बताएको छ ।

सन २०१७ जनवरी २१ मा रक्षा सेवाबाट सेवानिवृत्त भएपछि रामजी लाल जाटले २५ मे २०१८ मा राजस्थान पुलिसमा राजस्थान पुलिस कन्स्टेबलको पदको लागि आवेदन दिएका थिए । उनको उम्मेदवारी राजस्थान प्रहरी मातहत सेवा नियम १९८९ को नियम २४ (४) अन्तर्गत १ जुन २००२ पछि दुई भन्दा बढी सन्तान भएको कारणले अस्वीकृत गरिएको थियो । सो नियम अनुसार उनलाइ सरकारी जागिरको लागि अयोग्य ठहर गरिएको थियो।

यी नियम अनुसार ०१ जुन २००२ वा पछि दुई भन्दा बढी सन्तान भएको सेवामा नियुक्तिको लागि योग्य हुने छैन भनी उल्लेख गरेको छ। अदालतले भन्यो कि अपीलकर्ताले राजस्थान प्रहरीमा हवल्दार पदमा भर्तीको लागि आवेदन दिएका थिए र यस्तो भर्ती राजस्थान पुलिस अधीनस्थ सेवा नियम १९८९ द्वारा शासित रहने छ।

पञ्चायत चुनाव लड्न योग्यताको शर्तको रूपमा समान प्रावधान पेश गरिएको थियो, जसलाई सर्वोच्च अदालतले सदर गरेको छ । त्यसपछि अदालतले दुईभन्दा बढी जीवित सन्तान भएमा उम्मेदवारलाई अयोग्य ठहराउने वर्गीकरण गैर भेदभावपूर्ण र संविधानको दायरा भन्दा बाहिर नरहेको ठहर गरेको थियो   किनभने यो प्रावधानको पछाडिको उद्देश्य परिवार नियोजनको प्रवर्द्धन गर्नु हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ