१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालुवाटारबाट केपी ओलीले गरे माधव नेपाललाई टेलिफोन

२२ फाल्गुन २०८०, मंगलवार ०५:५९

फागुन २२, काठमाडौं | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेबाट अलग भएर गठन भएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सत्ताको भागबन्डा मिलाउन पुगेका अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई टेलिफोन गरेका हुन् । 


एमालेलाई विभाजित गरेको भन्दै सार्वजनिक रुपमै आक्रोश व्यक्त गर्दै आएका अध्यक्ष ओली र अध्यक्ष नेपालबीच एउटै मञ्चमा हुँदासमेत नदेखेकोजस्तो गर्ने गरेका थिए । 

तर, यो अवस्थालाई अन्त्य गर्दै अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई टेलिफोन गरेर नयाँ गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका छन् ।

सोमबार अध्यक्ष ओलीले नेपाललाई फोन गरेका हुन् । सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाल निवास कोटेश्वर पुगेका थिए । उनीहरुले एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गरे ।

उक्त आग्रह आफ्नो पनि रहेको भन्दै ओलीले नेपाललाई टेलिफोन गरेर जानकारी गराएका थिए । आफू आउन नसकेको भन्दै ओलीले नेपालको स्वास्थ्यलाभको कामना पनि गरे । 

जवाफमा अध्यक्ष नेपालले गठबन्धनमा सहभागी हुनेबारे छलफल गर्न सकिने बताए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ