पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक २३, बिरगंज | बिरगंज कारागारमा रहेका १२ सय कैदि बन्दिहरु मध्ये ४३५ जना ले भाईटिका थापेका छन् । देश भरीका ७७औँ जिल्लाहरु का कैदि बन्दिहरु विरगंज कारागार मा भएकोले भाई पुजा गर्नको लागी बिहानै देखी सडक मा घुँईचो लागेको थियो ।

भाईटिकाको समय अनुकुल विशेष सुविधाका लागी विरगंज कारागारले २ घण्टा अगाडिनै बिहान ९ बजे देखी भाईटिका लगाउने गरेका थिए । टाडा–टाडाबाट आएका दिदि बहिनीहरु ले विरगंज कारागारमा रहेको भेटघाट कोठामा दाजु-भाईलाई दिदि-बहिनीहरुले भाई पुजा गरिएको थियो ।

कारागार भित्र रहेका छिमेकी मुलुक भारतका विभिन्न सजाय मा परेका कैदि बन्दिहरु लाई पनि नेपाली दिदिबहिनीहरुले उँहाहरुलाई भाई पुजा गरी दाजुभाईको साईनो लगाएको विरगंज कारागारका निमित्त प्रमुख दिपक यादवले बताउनु भएको छ ।