Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 15, 2024 समाज

मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत २, रौतहट ।</b> रौतहटमा एक मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको छ । परोहा नगरपालिका–९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि शुक्रबार दिउँसो गोली प्रहार भएको हो ।&nbsp;&nbsp;<br></p><p>मोटरसाइकलमा हतियारसहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरूले करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् ।&nbsp; सो क्रममा सञ्चालक नितेश साहलाई काउन्टरबाट बाहिर निकालेर अभियुक्तहरुले गोली प्रहार गरेका थिए ।&nbsp; गोली साहको कन्चटमा लागेको र उपचारका लागि वीरगन्ज पठाइएको रौतहटका एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।&nbsp;</p><p>रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले घटनाको केही बेरमा नियन्त्रणमा लिएको हो । प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ ।&nbsp;</p>