२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कांग्रेसबाट आएको प्रधानमन्त्री प्रस्तावको अडियो रेकर्ड सुरक्षित छ – डीपी अर्याल

२०८०, २ चैत्र शुक्रबार १०:२२

चैत २, काठमाडौँ | रास्वपाका उपसभापति एवं श्रममन्त्री डीपी अर्यालले सभापति रवि लामिछानेलाई कांग्रेसबाट आएको प्रधानमन्त्री प्रस्तावको अडियो रेकर्ड सुरक्षित रहेको दाबी गरेका छन् ।

प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै अर्यालले कांग्रेसबाट आएको प्रस्तावको टेलिफोन वार्तालापको अडियो सुरक्षित रहेको दाबी गरेका हुन् । आवश्यक परेको दिन यो रेकर्ड बाहिर ल्याउने पनि उनले बताए । 

‘हामीले क्याबिनेटको प्रधानमन्त्रीसँग बार्गेनिङ गर्ने हो । प्रधानमन्त्रीको प्रस्ताव आयो भनेर सञ्चारमाध्यमले उल्लेख गरेकै हुन्’, सञ्चारकर्मीले प्रस्तावबारे सोध्दा उनले भने, ‘यस्ता विषयमा गोपनीयता महत्त्वपूर्ण हुन्छ । स्रोत तपाईंहरूले खुलाएको भए हुन्थ्यो । टेलिफोन कन्भरसेसन रेकर्ड नै छ । आवश्यक परेर कुनै दिन निकाल्नुपरे हामी निकाल्छौं ।’

कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको दाबी गर्दै रविले प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं गृहमन्त्री लिएका थिए । कांग्रेसले पनि यो विषयलाई अस्वीकार गरेको थियो । गृहमन्त्रीमा दबाब बढाउन रविले कांग्रेस कार्ड फ्याँकेको कांग्रेसको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी