२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राष्ट्रपतिको निर्वाचनमा विजयी भएलगत्तै पुटिनले दिए तेस्रो विश्वयुद्धको चेतावनी

२०८०, ५ चैत्र सोमबार ०६:१९

चैत ५, काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्वयुद्धको चेतावनी दिएका छन् । भर्खरै सम्पन्न भएको राष्ट्रपति निर्वाचनमा ठुलो जित हासिल गरेसँगै पुटिनले सो अभिव्यक्ति दिएका हुन् । योसँगै पुटिन पाँचौंपटक रुसको राष्ट्रपति बन्ने निश्चित छ ।

सोमबार नतिजा सार्वजनिक भए लगत्तै पुटिनले आफ्नो पहिलो सम्बोधनमा पश्चिमा राष्ट्रहरूलाई धम्की दिँदै तेस्रो विश्वयुद्धको चेतावनी दिए । उनले रुस र अमेरिकाको नेतृत्वमा रहेको नाटो गठबन्धनबिच संघर्ष भएमा तेस्रो विश्वयुद्ध हुने र यस्तो अवस्था कसैले हेर्न नचाहेको उनले बताएका थिए ।

रुस र पश्चिमी देशहरू बिचको सम्बन्ध सन् १९६२ को क्युवाली मिसाइल संकटयताको सबैभन्दा खराब चरणबाट गुज्रिरहेको छ । गएको महिना फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भविष्यमा युक्रेनमा आफ्ना सेनाहरू अवतरण गर्ने सम्भावनालाई अस्वीकार गरेका थिएनन् ।
यसबारे पुटिनलाई सोध्दा उनले यस्तो भनेका थिए, ‘आजको आधुनिक युगमा जे पनि सम्भव छ, तर यदि यसो भयो भने तेस्रो विश्वयुद्ध धेरै टाढा छैन । उसो त नेटोका सेना अझै पनि युक्रेनमै छन् । युद्ध मैदानमा अङ्ग्रेजी र फ्रेन्च बोल्ने सैनिक भएको रुसलाई थाहा छ । यो खास गरी उनीहरूको लागि राम्रो कुरा होइन, किनकि यहाँ ठुलो सङ्ख्यामा यिनीहरूको मृत्यु भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा