१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राष्ट्रपतिको निर्वाचनमा विजयी भएलगत्तै पुटिनले दिए तेस्रो विश्वयुद्धको चेतावनी

५ चैत्र २०८०, सोमबार ०६:१९

चैत ५, काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्वयुद्धको चेतावनी दिएका छन् । भर्खरै सम्पन्न भएको राष्ट्रपति निर्वाचनमा ठुलो जित हासिल गरेसँगै पुटिनले सो अभिव्यक्ति दिएका हुन् । योसँगै पुटिन पाँचौंपटक रुसको राष्ट्रपति बन्ने निश्चित छ ।

सोमबार नतिजा सार्वजनिक भए लगत्तै पुटिनले आफ्नो पहिलो सम्बोधनमा पश्चिमा राष्ट्रहरूलाई धम्की दिँदै तेस्रो विश्वयुद्धको चेतावनी दिए । उनले रुस र अमेरिकाको नेतृत्वमा रहेको नाटो गठबन्धनबिच संघर्ष भएमा तेस्रो विश्वयुद्ध हुने र यस्तो अवस्था कसैले हेर्न नचाहेको उनले बताएका थिए ।

रुस र पश्चिमी देशहरू बिचको सम्बन्ध सन् १९६२ को क्युवाली मिसाइल संकटयताको सबैभन्दा खराब चरणबाट गुज्रिरहेको छ । गएको महिना फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भविष्यमा युक्रेनमा आफ्ना सेनाहरू अवतरण गर्ने सम्भावनालाई अस्वीकार गरेका थिएनन् ।
यसबारे पुटिनलाई सोध्दा उनले यस्तो भनेका थिए, ‘आजको आधुनिक युगमा जे पनि सम्भव छ, तर यदि यसो भयो भने तेस्रो विश्वयुद्ध धेरै टाढा छैन । उसो त नेटोका सेना अझै पनि युक्रेनमै छन् । युद्ध मैदानमा अङ्ग्रेजी र फ्रेन्च बोल्ने सैनिक भएको रुसलाई थाहा छ । यो खास गरी उनीहरूको लागि राम्रो कुरा होइन, किनकि यहाँ ठुलो सङ्ख्यामा यिनीहरूको मृत्यु भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु