पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चैत ११, ओखलढुंगा ।</b> ओखलढुंगामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ। मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीया काजी भुजेलको अण्डा खानेक्रममा घाटीमा अड्किएर ज्यान गएको हो।<br></p><p>उनलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए। </p><p>सिंहका अनुसार भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ। </p>

