पढ्न करिब 1 मिनेट लाग्छ

चैत २२, काठमाडौँ | मदिरा सेवन गरी होहल्ला गरेपछि पक्राउ परेका गायक राजेशपायल राईसहित तीन जना छुटेका छन् ।

बानेश्वरको देवी नगरबाट उनीहरूलाई राति २ बजे पक्राउ गरिएको थियो ।बिहान मदिराले छाडेपछि सम्झाई बुझाई गरेर छाडिएको बानेश्वर प्रहरी वृत्तका डीएसपी शिवराज बुढाथोकीले बताए ।

उनले भने, ‘नशाले छाडेपछि बिहान छाडेका हौँ । उनीहरूलाई अबदेखि खाएर त्यसरी हाेहल्ला नगर्नु भनेर सम्झाएर छाड्यौ ।’

मापसे गरेर रेस्टुरेन्ट अगाडि आपसमा विवाद परेको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी पुग्दा उल्टै प्रहरीलाई नै थर्काएपछि उनीहरूलाई पक्राउ गरिएको थियो ।