१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालेनविरुद्ध फेसबुकमा स्टाटस लेख्ने महानगरका कर्मचारीविरुद्ध साइबर अपराधको मुद्दा

२२ चैत्र २०८०, बिहीबार ०८:१८

चैत २२, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आक्षेप लगाएर फेसबुकमा स्टाटस लेखेको भन्दै महानगरपालिकाकै कर्मचारीविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐनअनुसार मुद्दा दायर गरेको छ। हाल निलम्बनमा रहेका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो। 

करारका कर्मचारी नियुक्तिमा किर्ते गरेको भन्दै पौडेललगायतका कर्मचारीलाई मेयर साहले निलम्बन गरेका थिए। सो प्रकरणपछि पौडेलले फेसबुकमा मेयरविरुद्ध स्टाटस लेखेका थिए। सोही आधारमा उनीविरुद्ध मुद्दा दायर भएको हो। पौडेलले फेसबुकमा ‘मेयर बालेनले नियुक्ति गरेका एक सय ६६ जना र निजहरूले दुई वर्षमा खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, यो नगरवासीले तिरेको कर हो’ भनेर लेखेका थिए । स्टाटसले महानगरपालिकाविरुद्ध द्वेष फैलाएको भन्दै प्रहरीले मुद्दा दायर गरेको हो। 


अभियोगपत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकामा मेयर तथा कर्मचारीलगायत सिंगो महानगरपालिकाप्रति नैतिकता र शिष्टचारविरुद्धका सामग्री घृणा वा द्वेष फैलाउने उद्देश्यले महानगरपालिका र समुदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने गरी तथ्यहीन, गलत तथा भ्रामक स्टाटस लेखी महानगरपालिकाको गरिमा तथा छविमा आँच आउने पोस्ट गरी विद्युतीय कारोबारको कसुर गरेको वारदात स्थापित हुन आयो ।’ प्रहरीसँगको बयानमा पौडेलले आवेगमा आएर स्टाटल लेखेको र महानगरपालिकाविरुद्ध घृणा फैलाउने आफ्नो उद्देश्य नरहेको बताएका छन् । 

पौडेललाई मेयर साहले गत १६ पुसमा निलम्बन गरेका थिए । उनलाई सेवाबाटै हटाउन प्रदेश लोकसेवा आयोगसँग परामर्श गरेकोमा प्रदेश लोकसेवाले हटाउन नमिल्ने राय दिएको थियो । यही विषयमा मेयर साहसँग मनमुटाव हुँदा स्टाटस लेखेको पौडेलले बयानमा बताएका छन्। बयान गराएर प्रहरीले पौडेललाई हाजिरी जमानीमा छाडेको थियो। तर, अहिले सम्पर्कविहीन भएको भन्दै फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । यसमा मेयर साह आफैँले भने निवेदन दिएका थिएनन्। सम्मित पोखरेलको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर टेकुले सरकारी वकिलमार्फत मुद्दा दायर गरेको हो। स्रोतका अनुसार बालेनकै निर्देशनमा पोखरेलले जाहेरी दिएका हुन्। 

महानगरको १९ नम्बर वडामा रहेको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा नियमविपरीत कर्मचारी भर्ना गरेको प्रकरणमा मेयर साहले पौडेल, आफ्नै सचिवालयका प्रमुख नूरनिधि न्यौपाने र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेका थिए। महानगरपालिकाले विगतकै पाँच कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेकोमा त्यसविपरीत वरिष्ठ शाखा अधिकृत भगवती बिडारीकी छोरीलाई नर्समा नियुक्ति दिलाएको विषयमा उनीहरूमाथि कारबाही भएको थियो। सोही प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई समेत मेयर साहले हटाएका थिए। यो घटनामा कर्मचारीहरूमाथिको कारबाही अझै टुंगिएको छैन। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण