१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रेम प्रस्ताव अस्वीकार गरेपछि कलेज हिँडेकी सुस्माको हत्या गर्ने रुपेन्द्र कारागार चलान

२९ चैत्र २०८०, बिहीबार १२:०१

चैत २९, काठमाडौँ । काठमाडौँको तारेभिरमा कलेज हिँडेकी सुस्मालाई हत्या गरेर खाल्डोमा पुर्ने युवकलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । हत्यामा संलग्न अभियुक्त २१ वर्षीय रुपेन्द्र लामालाई अदालतको आदेशअनुसार कारागार चलान गरिएको प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डेले बताए । 


१२ कक्षामा अध्ययनरत १८ वर्षीय सुस्मा लामा फागुन २५ मा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरमा मृत अवस्थामा फेला परेकी थिइन् । गोकर्णेश्वर नगरपालिका–३ का स्थानीय रुपेन्द्रलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

प्रेम प्रस्ताव अस्वीकार गरेपछि कलेज हिँडेकी सुस्मालाई उनले क्रूर तवरले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरी वृत्त बौद्धले उनी विरुद्ध जन्मकैदको मागदावी लिनुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

बुधवार काठमाडौँ जिल्ला अदालतले अभियुक्तलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको थियो । सुस्मा बुढानीलकण्ठस्थित बुढानिलकण्ठ माविमा पढ्थिन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण