१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हिँडेरै अस्पताल गएकी युवतीको मृत्यु भएपछि…

३० चैत्र २०८०, शुक्रबार ०७:३७

चैत ३०, सुर्खेत । सुर्खेतमा हिँडेरै अस्पताल पुगेकी एक युवतीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ। दैलेखको आठबीस नगरपालिका- ५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको छ ।


सामान्य पेट दुखेपछि उनी बिहीबार कर्णाली प्रदेश अस्पताल भर्ना भएकी थिइन् । तर, चिकित्सकहरुले पाठेघरमा समस्या भएको र सफा गर्नुपर्ने बताएका थिए । पाठेघर सफा गर्दैगर्दा केही समयपछि नै दिउँसो ३ बजेतिर अस्पतालले उनलाई एक्कासी मृत घोषणा गरेको उनको आफन्तको दाबी छ । मृतक भीमाका जेठाजु हर्कबहादुर बलामीले हिँडेर अस्पताल गएकी भाइ बुहारीको एक्कासि शव बुझ्न भन्दा पत्याउन सकिने कुरै नभएको बताए ।

परिवारलाई भेट्नै नदिई एक्कासी रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरेको उनको भनाइ छ । यसपछि आक्रोशित आफन्तहरूले डाक्टरको लापरबाहीले भीमाको मृत्यू भएको भन्दै आन्दोलन गरिरहेका छन् । भीमाको मृत्युसँगै अस्पताल परिसर तनावग्रस्त बनेको छ । आफन्तहरूले घटनाको छानबिन र उचित क्षतिपूर्ति हुनुपर्ने माग गरेका छन् ।प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले घटनाबारे अनुसन्धान भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण