Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 15, 2024 समाज

खुर्पा प्रहार गरी ३० वर्षीय युवकको हत्या अभियोगमा ६५ वर्षीय वृद्ध पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख ३, नुवाकोट&nbsp;| </b>नुवाकोटमा एक जना वृद्धले खुर्पा प्रहार गरी युवकको हत्या गरेका छन् । ककनी गाउँपालिका-२ ठुलोचित्रे बस्ने ३० वर्षीय मंगले तामाङलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या भएको हो ।&nbsp;<br></p><p>हत्या अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय डम्बर बहादुर तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । डम्बर बहादुरले आफ्नै घरमा मंगलेलाई खुर्पा प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको&nbsp; छ ।</p>