पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>बैशाख ५, काठमाडौँ ।</b> विराटनगरको रानीमा दुई समुदायबीच झडप भएको छ। राम नवमीको अवसरमा निकालिएको र्यालीलाई लिएर तनाव भएपछि उनीहरूबीच झडप भएको हो। <br></p><p>झडपमा ५ जना प्रहरी घाइते भएका छन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाट्ठी चार्ज गरेको छ। प्रहरीका अनुसार हवाई फायर र अश्रुग्याससमेत प्रहार गरिएको छ। अवस्था अहिले पनि तनावपूर्ण छ। </p><p>मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए। स्थानीय प्रशासनले संयमता अपनाउन सबैमा आग्रह गरेको छ। </p>

