२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना

२०८१, ६ बैशाख बिहीबार १२:०९

बैशाख ६, काठमाडौँ । राजपरिवारसँगको विवादका बीच राजकुमार ह्यारीले औपचारिक रुपमा बेलायत छोडेका छन् । ह्यारीले आफ्नो आधिकारिक ठेगाना बेलायतको सट्टा क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका लेखेका छन् ।

स्काई न्यूजको रिपोर्टका अनुसार पर्यटन च्यारिटी ट्राभलिस्टको कागजातमा प्रिन्स ह्यारीको पूरा नाम र उनको प्राथमिक ठेगाना क्यालिफोर्निया लेखिएको थियो ।

यसअघि ह्यारीले सधैं आफ्नो प्राथमिक ठेगानाको रूपमा बेलायत लेख्ने गर्दथे । यो परिवर्तन २९ जुन २०२३ मा गरिएको थियो । तर, यो जानकारी अहिले बाहिर आएको हो । गत वर्ष जुन २९ मा, बकिङ्घम प्यालेसले ह्यारी र उनकी श्रीमती मेगनले अब बेलायतको फ्रोगमोर कटेज छोडेको पुष्टि गरेको थियो ।


फ्रोगमोर कटेज त्यही घर हो जुन रानी एलिजाबेथले उनको विवाहमा २०१८ मा उपहार दिएकी थिइन् । वास्तवमा, ह्यारीले आफ्नो संस्मरण 'स्पेयर' मा शाही परिवारको बारेमा धेरै विवादास्पद टिप्पणी गरेका थिए । यसपछि ह्यारी र उनका बुबा राजा चार्ल्सबीच विवाद बढेको थियो ।

मार्च २०२१ मा, प्रिन्स ह्यारी र उनकी पत्नी मेगन मार्कलले एक टिभी च्यानललाई अन्तर्वार्ता दिए । उक्त अन्तर्वार्तामा मेगनले शाही परिवारमाथि नस्लवादको आरोप लगाएकी थिइन् । उनले शाही परिवार आफ्नो छोरा आर्चीलाई राजकुमार बनाउन नचाहेको बताएका थिए, किनभने उनको जन्म हुनुअघि नै उनको अनुहार कालो हुने डर थियो । यसपछि राजपरिवारले बयान दिनुपरेको थियो । सो अन्तर्वार्तापछि दरबारले विज्ञप्ति जारी गर्दै शाही परिवारले रंगभेदसँग सम्बन्धित मुद्दालाई गम्भीरताका साथ लिएको बताएको थियो ।

मेगनले अन्तर्वार्तामा शाही परिवारमा आबद्ध भएपछि आफ्नो स्वतन्त्रता निकै कम भएको खुलासा गरेकी थिइन् ।  अन्तर्वार्ताका क्रममा प्रिन्स ह्यारीले आफू र आफ्नी श्रीमतीप्रति गर्व गरेको पनि बताए र उनले गर्भावस्थामा निकै खराब चरणबाट गुज्रिएको बताएका थिए ।

प्रिन्स ह्यारी र मेघन मार्कलले २०२० मा राजतन्त्र छोडेपछि बेलायती शाही परिवारसँगको सम्बन्ध बिग्रियो । यसपछि गत वर्ष नेटफ्लिक्समा आएको प्रिन्स ह्यारीको डकुमेन्ट्री र त्यसपछि उनको पुस्तक ‘स्पेयर’ ले दुई पक्षबीचको विवाद झनै बढाएको थियो ।

राजकुमार ह्यारीले पुस्तक र वृत्तचित्रमा शाही परिवारको धेरै तरिकामा आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो