१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना

६ बैशाख २०८१, बिहीबार १२:०९

बैशाख ६, काठमाडौँ । राजपरिवारसँगको विवादका बीच राजकुमार ह्यारीले औपचारिक रुपमा बेलायत छोडेका छन् । ह्यारीले आफ्नो आधिकारिक ठेगाना बेलायतको सट्टा क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका लेखेका छन् ।

स्काई न्यूजको रिपोर्टका अनुसार पर्यटन च्यारिटी ट्राभलिस्टको कागजातमा प्रिन्स ह्यारीको पूरा नाम र उनको प्राथमिक ठेगाना क्यालिफोर्निया लेखिएको थियो ।

यसअघि ह्यारीले सधैं आफ्नो प्राथमिक ठेगानाको रूपमा बेलायत लेख्ने गर्दथे । यो परिवर्तन २९ जुन २०२३ मा गरिएको थियो । तर, यो जानकारी अहिले बाहिर आएको हो । गत वर्ष जुन २९ मा, बकिङ्घम प्यालेसले ह्यारी र उनकी श्रीमती मेगनले अब बेलायतको फ्रोगमोर कटेज छोडेको पुष्टि गरेको थियो ।


फ्रोगमोर कटेज त्यही घर हो जुन रानी एलिजाबेथले उनको विवाहमा २०१८ मा उपहार दिएकी थिइन् । वास्तवमा, ह्यारीले आफ्नो संस्मरण 'स्पेयर' मा शाही परिवारको बारेमा धेरै विवादास्पद टिप्पणी गरेका थिए । यसपछि ह्यारी र उनका बुबा राजा चार्ल्सबीच विवाद बढेको थियो ।

मार्च २०२१ मा, प्रिन्स ह्यारी र उनकी पत्नी मेगन मार्कलले एक टिभी च्यानललाई अन्तर्वार्ता दिए । उक्त अन्तर्वार्तामा मेगनले शाही परिवारमाथि नस्लवादको आरोप लगाएकी थिइन् । उनले शाही परिवार आफ्नो छोरा आर्चीलाई राजकुमार बनाउन नचाहेको बताएका थिए, किनभने उनको जन्म हुनुअघि नै उनको अनुहार कालो हुने डर थियो । यसपछि राजपरिवारले बयान दिनुपरेको थियो । सो अन्तर्वार्तापछि दरबारले विज्ञप्ति जारी गर्दै शाही परिवारले रंगभेदसँग सम्बन्धित मुद्दालाई गम्भीरताका साथ लिएको बताएको थियो ।

मेगनले अन्तर्वार्तामा शाही परिवारमा आबद्ध भएपछि आफ्नो स्वतन्त्रता निकै कम भएको खुलासा गरेकी थिइन् ।  अन्तर्वार्ताका क्रममा प्रिन्स ह्यारीले आफू र आफ्नी श्रीमतीप्रति गर्व गरेको पनि बताए र उनले गर्भावस्थामा निकै खराब चरणबाट गुज्रिएको बताएका थिए ।

प्रिन्स ह्यारी र मेघन मार्कलले २०२० मा राजतन्त्र छोडेपछि बेलायती शाही परिवारसँगको सम्बन्ध बिग्रियो । यसपछि गत वर्ष नेटफ्लिक्समा आएको प्रिन्स ह्यारीको डकुमेन्ट्री र त्यसपछि उनको पुस्तक ‘स्पेयर’ ले दुई पक्षबीचको विवाद झनै बढाएको थियो ।

राजकुमार ह्यारीले पुस्तक र वृत्तचित्रमा शाही परिवारको धेरै तरिकामा आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी