Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 23, 2024 समाज

जनकपुरमा एक होटेलभित्र महिला र पुरुष झुण्डिएको अवस्थामा मृत भेटिए

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख ११, जनकपुरधाम | जनकपुरधामको रामानन्द चोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा एक महिला र एक पुरुष झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्रहरीका अनुसार महिला विवाहित हुन् भने युवक अविवाहित ।

मृतक लोहारपट्टी नगरपालिका-४ महोत्तरीकी २५ वर्षीया प्रियंका कापर र पिपरा गाउँपालिका-३ महोत्तरी ३१ वर्षीय हितेन्द्र पासवान झुण्डिएको अवस्थामा भेटिएका हुन् । प्रियंकाको माइत पीपरा नै रहेको प्रहरीले जनाएको छ |

प्रहरीका अनुसार  ती महिला छोरीलाई लिएर युवकसँग ३-४ दिनदेखि होटलमा बसिरहेकी थिइन् ।

मंगलबार बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुबैजनाको शव झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । कोठाभित्र महिलाकी साढे २ वर्षकी छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा उनिहरु झुण्डिएको देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

धनुषाको प्रहरी टोली घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।