२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रास्वपा संसदीय दलको बैठकमा के भयो कुराकानी?

२०८१, २५ बैशाख मंगलवार ०६:३०

बैशाख २५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल बैठकमा मन्त्रीहरूको कार्यसम्पादनमा प्रश्न उठेको छ।

पार्टी संसदीय दलको बैठक मंगलबार बिहान सिंहदरबारमा बसेको थियो।

बैठकमा बोल्ने केही सांसदहरूले मन्त्रीहरूको कार्यसम्पादन अपेक्षित हुन नसकेको विषय उठाएका हुन्।


‘मन्त्रीहरूको अहिलेको कार्यसम्पादनबाट सन्तुष्ट हुने ठाउँ देखिँदैन। जनअपेक्षा अनुसार हामीले योभन्दा धेरै काम गर्नुपर्नेछ भनेर सांसदहरूले धारणा राख्नुभयो,’ सांसद मनीष झाले भने।

त्यस्तै, आजको बैठकमा संसद्को बर्खे अधिवेशनमा प्रभावकारी ढंगले प्रस्तुत हुने विषयमा पनि सदस्यहरूले धारणा राखेका थिए।

रास्वपा दोस्रो बर्खे अधिवेशनमा प्रस्तुत हुन लागेकाले यसअघिको कामको निर्मम समीक्षा गरेर नीति, कार्यक्रम र बजेटमा प्रस्तुत हुनुपर्ने सांसदहरूको धारणा रहेको झाले बताए।

त्यस्तै सहकारीको बचत अपचलनबारे नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय छानबिन समितिको विषयप्रति रास्वपाको ध्यानाकर्षण भएको सांसद झाले बताए।

उनले व्यक्ति विशेषको सन्दर्भमा भन्दा पनि समग्र समस्यालाई निकास दिने गरी समिति बन्न रास्वपा बाधक नरहेको बताए।

‘यो नेपाली कांग्रेसको एजेन्डा हो। यसबारे हाम्रो संसदीय दलमा छलफल भएन। तथापि समग्र समस्यालाई निकास दिने, निष्कर्षमा पुर्‍याउने प्रक्रियामा हामी बाधक बन्दैनौं,’ उनले भने, ‘तर, यस विषयमा कांग्रेस नै एक मत छैन। कांग्रेसका कोही नेता संसदीय छानबिन समिति माग गर्छन्। कोही राजीनामा दिनुपर्छ भन्छन्। उनीहरूको एउटा धारणा आओस्।’

उनले कांग्रेसले सहकारीको समस्या समाधान गर्न भन्दा पनि गठबन्धन भत्काउने दाउपेचले संसदीय छानबिन समिति गठनको कुरा अघि सारेको बताए।

‘समग्र समस्यालाई निकास दिन हामी बाधक छैनौं। तर कांग्रेसले मागेको कुरा के हो त्यो चाहिँ प्रष्ट होस्,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह