१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दैलेखमा आगलागी हुँदा झन्डै तीन करोडको क्षति

२५ बैशाख २०८१, मंगलवार १०:३६

बैशाख २५, दैलेख । दैलेख सदरमुकामस्थित त्रिभुवन उमाविअगाडिका तीनवटा पसलमा आगलागी हुँदा झन्डै तीन करोड रुपैयाँबराबरको क्षति भएको छ। 

आज दिउँसो १ बजे साजन अटोपार्टसमा लागेको आगो सल्किँदै अन्य दुईवटा पसलमा पुगेको थियो। निभाउने प्रयास गरे पनि आगो सम्झना इन्टरप्राइजेज र सम्झना फोटो स्टुडियोमा पनि सल्किएको हो।


आगलागीबाट साजन अटोपार्टसमा भएका सबै सामग्री जलेर नष्ट भएका हुँदा करिब ५० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। त्यस्तै, सम्झना इन्टरप्राइजेज र सम्झना फोटो स्टुडियो पनि आगलागीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। पसलमा राखिएका कुनै पनि सामग्री प्रयोगयोग्य छैनन्। सामान खरिदका लागि राखिएको नगदसहित करिब दुई करोडभन्दा बढीको क्षति भएको सम्झना इन्टरप्राइजेजका सञ्चालक भूपेन्द्र बिसीले बताए।

आगलागलगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा नारायण नगरपालिकाको दमकल प्रयोग गरी आगो नियन्त्रणमा ल्याइएको छ। क्षतिको विवरण संकलन गर्ने काम सुरु भएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट