१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुबई लैजाने भन्दै भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गर्ने दुईजना पक्राउ

२ जेष्ठ २०८१, बुधबार ०८:१९

जेठ २, काठमाडौँ । भिजिट भिसामा कुवेत पुर्‍याइ मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेख नारायण नगरपालिका -९ घर भइ हाल काठमाडौंको तार्केश्वर नगरपालिका बस्ने २४ वर्षीय राकेश सुनार र गोखरा पालुङटार नगरपालिका -६ का हाल बौद्ध पिपलबोट बस्ने २५ वर्षीय आयुष विक रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र अधिकारीले जानकारी दिए। उनीहरूलाई बौद्ध पिपलबोटमा प्रहरीले नियन्त्रणमा लिएको हो।

बेरोजगार महिलाहरूलाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिटिज भिसामा कुवेत लगी घरेलु काममा लगाइ शारीरिक तथा मानसिक यातना दिएको उनीहरूमाथि आरोप छ। पीडितका आफन्तले उद्दारका लागि प्रहरीमा  निवेदन दिएपछि घटना बाहिर आएको हो।

नेपाल सरकारबाट घरेलु कामदारमा निषेधित गरेको क्षेत्रमा इजाजत बेगर आफ्नो नाम ढाटी ठूलो संख्यामा महिला पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार महिलाहरूलाई संयुक्त इमिरेट दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी लगेर कुवेत पुर्‍याइ घरेलु कामदारको रुपमा काम लगाएको र शारीरिक तथा मानसिक यातना दिएको खुल्न आएको छ।

पीडितहरूले घरमा काम गर्न नसकेपछि स्वदेश फर्किन खोज्दा एजेन्टले बन्धक बनाएको १ लाख ५० हजार मागेको र बढी गरे त्यही मारी दिने धम्की दिएपछि पीडितले आफन्तलाई खबर गरेका थिए। राकेश नेपालीले गोपाल सुनार र राकेश सुनारको नाममा जन्म मिति फरक राखी ठेगाना फरक बनाइ २ वटा नागरिकता लिएको भेटिएको प्रहरीले जनाएको छ।

यसैगरी उनीहरूले दुबईमा सम्पर्क कार्यालय खोलेर महिलाहरूलाई प्रलोभनमा पारेर दुबई लैजाने भनी कुवेत पुर्‍याउने र त्यहाँ एजेन्ट राखेर ठूलो रकम लिइ मानव ओसारपसार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट