Skip to content
Friday, July 17, 2026 Nepali Online Media
May 15, 2024 समाज

अमेरिकाले इजरायललाई फेरी हतियार पठाउने तयारी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २, काठमाडौँ । अमेरिकाले इजरायललाई एक अर्ब डलर बराबरको हतियार पठाउने तयारी भइरहेको छ । ह्वाइट हाउसले कांग्रेसलाई इजरायललाई एक अर्ब डलरभन्दा बढीको हतियार पठाउन चाहेको बताएको अमेरिकी मिडियाले उल्लेख गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो प्याकेजमा ट्याङ्क, मोर्टार र बख्तरबंद सवारीसाधन समावेश हुनेछन् । तर यो योजना अमेरिकी कांग्रेसबाट पारित हुन आवश्यक छ ।

गत हप्ता मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाको रफाहमा इजरायलले आफ्नो सैन्य कारबाही जारी राखेमा इजरायललाई हतियारको आपूर्ति बन्द गरिने बताएका थिए ।

यस अघि बाइडेनले गत हप्ता इजरायलमा ९०० किलोग्राम बमको ढुवानी पठाउन रोकेका थिए । उनले यी बम इजरायलले गाजामा प्रयोग गर्ने आशंका भएपछि रोकिएको उनले बताए ।