Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
May 20, 2024 समाज

बिहारसित सिमाना जोडिएका पर्साका नाकाहरु तीन दिनको लागि बन्द हुने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ७, वीरगंज । भारतमा अहिले चरणबद्ध रुपमा लोकसभाको चुनाव भइ रहेको छ यसै क्रममा  बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा हुने लोकसभा चुनावको लागि पर्सा जिल्लाको  सिमानाका तीन दिन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले  सूचना जारी गर्दै बिहारसित सिमाना जोडिएका पर्साका नाकाहरु तीन दिनको लागि बन्द हुने जानकारी दिएको छ ।

जिल्ला प्रशासनले सुचना जारी गरि भारत बिहारको पश्चिम चम्पारण जिल्लामा हुने लोकसभा चुनावको लागि अगामी जेठ १० गते बिहान ६ बजेदेखि १२ गते बेलुकी ६ बजेसम्म तिन दिनको लागि सिमानाका बन्द हुने जनाएको छ।

पश्चिम चम्पारण, बेतिया (बिहार) को पत्रबाट चुनावको लागि सिमानाका बन्द गर्न अनुरोध भई आए बमोजिम सिमानाका बन्द गरिने पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।