Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 4, 2024 समाज

ललितपुरका मेयर चिरीबाबुलाई अख्तियारले काट्यो पत्र

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार २०, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकालाई पत्र काटेको छ।

बुधबार आयोगले बाढी पहिरोबाट वडा नम्बर २४ स्थित नगर पालिकाको निर्णय विपरीत बाढी पीडितलाई एक लाख पचास हजार र दुई लाख पचास हजार रकम बाँडेको विषयमा बुझ्न उपस्थित हुन पत्र काटेको हो।

'२०७७ सालमा धापाखेलमा आएको बाढी पहिरोका पीडितलाई नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरलाई हानि हुने काम गरेको भन्ने व्यहोराको यस आयोगमा दर्ता भएको छ,' पत्रमा भनिएको छ, 'उक्त उजुरीको अनुसन्धानको क्रममा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकोले उपस्थित भई अनुसन्धानमा सहयोग गर्न अनुरोध गर्दछौं।'

पत्रमा असार २६ गते बिहान १० बजे सक्कल नागरिकता र पासपोर्ट साइजको फोटोसहित आयोगको महाशाखा नम्बर ३ मा उपस्थिति हुन भनिएको छ।

हिजो महानगरका मेयर चिरीबाबु महर्जन स्वयं उपस्थित भएर अख्तियार आयुक्त सुमित्रा अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएका थिए।

वडा नम्बर-१० चाकुपाटस्थित अमात्यले सम्पदाको जग्गा मिचेर पर्खाल लगाएको महानगरले बताएको थियो। यस्तै, महानगरले आयुक्तको परिवार र गुठीयारसँग छलफल गर्दा पनि जग्गा खाली गराएको थिएन।

यस्तै महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले रिसइबी साँध्न उक्त पत्र काटिएको बताए।

'हामीले डोजर लगाउँछौं भनेर उहाँले कतैबाट सुराक पाएपछि पत्र काटेको हो भन्ने लाग्छ,' उनले भने, 'किनकी मैले पटकपटक सम्पदा क्षेत्रको दक्षिणतर्फ राखिएको गेट हटाउनु भनेको थिएँ। तर उहाँले मान्नु भएको थिएन।'

त्यस्तै मेयर महर्जनले आज दिउँसो मात्रै उक्त पत्र बुझिलिएको बताए।