Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 16, 2024 समाज

यस्तो छ आजको मौसम पूर्वानुमान, यी प्रदेशमा भारी वर्षाको सम्भावना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रहि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका  एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा मधेश, कर्णाली  र  सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ ।