पढ्न करिब 1 मिनेट लाग्छ

साउन २०, चितवन । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा मर्निङवाक गरेको एक व्यक्तिलाई बाघले आक्रमण गरेको छ ।

आइतबार बिहान पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको बताइएको छ ।