Skip to content
Friday, July 24, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
August 6, 2024 समाज

मौसमको खराबीका कारण हवाई उडान प्रभावित, विमान आकाशमै ‘होल्ड’

By साझासवाल 2 मिनेट पढाइ

साउन २२, काठमाडौँ । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित भएको छ । बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुदा जहाज उडान तथा अवतरणमा असहजता पैदा भएको छ ।

मङ्गलवार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको त्रिभुवन विमानस्थलमा प्रवक्ता सुवास झाले जानकारी दिए ।

मौसमको खराबीका कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएको उनले जानकारी दिए । 

कम भिजिबिलिटी (भिएफआर) अवतरणका लागि कम्तीमा एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेको जनाएको छ ।

खराब मौसमका कारण स्टानाबुलबाट काठमाडौँ आएको टुर्किस्तान एयर उतै डाइभर्ट भएको छ भने फ्लाइ दुबई र डर्क एयर अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् ।

समाचार सुन्नुहोस्

यो समाचार नेपाली आवाजमा सुन्न Play थिच्नुहोस्।