2026-09-26 04:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानमाथि लगातार १३औँ रात पनि हमला

2026-07-24

काठमाडौँ | होर्मुज जलमार्गलाई लिएर बढ्दो तनावबीच अमेरिका र इरानबीचको सैन्य द्वन्द्व झन् चर्किएको छ । अमेरिकी सेनाले नेपाली समयअनुसार गएराति इरानमाथि लगातार १३औँ रात पनि हवाई आक्रमण गरेको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्डले पछिल्ला आक्रमणको उद्देश्य इरानको त्यस्तो सैन्य क्षमता कमजोर बनाउनु रहेको जनाएको छ, जसबाट उसले क्षेत्रीय जलमार्ग हुँदै आवतजावत गर्ने व्यावसायिक जहाज तथा सर्वसाधारण नाविकहरूलाई खतरा पुर्‍याइरहेको अमेरिकाको दाबी छ । अमेरिकाले होर्मुज जलमार्ग हुँदै हुने अन्तर्राष्ट्रिय जलयातायात सुरक्षित र निर्वाध बनाउन कारबाही जारी राखिएको जनाएको छ ।

अमेरिकी आक्रमणपछि इरानका सरकारी सञ्चारमाध्यमहरूले होर्मुज जलमार्ग नजिकैको बन्दर अब्बास र केश्म द्वीप आसपास विस्फोट भएको जानकारी दिएका छन् । त्यसैगरी उत्तर–पश्चिमी क्षेत्र एन्दिमेश्क र ओमिदियेह आसपास पनि विस्फोट भएको खबर सार्वजनिक भएको छ । यद्यपि, ती घटनाबाट भएको क्षतिको आधिकारिक विवरण भने सार्वजनिक गरिएको छैन ।

अर्कोतर्फ, यमनका इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा साउदी अरेबियाका दुईवटा तेल ट्यांकरलाई निशाना बनाएको दाबी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जहाजहरूमाथिको आक्रमण जारी रहे हुथी विद्रोहीहरूले कडा सैन्य सजाय भोग्नुपर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह