पढ्न करिब 1 मिनेट लाग्छ

साउन २४, काठमाडौँ । टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ ।

फ्लाइट राडरका अनुसार बिहान ६:१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

अवतरणका क्रममा ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको बताइएको छ ।