१९ आश्विन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ट्रंकलाइन र डेडिकेटेडको विद्युत वक्यौता सरकारले जसरी पनि उठाउँछः राज्यमन्त्री तामाङ

१४ भाद्र २०८१, शुक्रबार १२:२९

भदौ १४, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले उद्योगी व्यवसायीहरुसँग टं«कलाइन र डेडिकेटेडको वक्यौता रकम जसरी पनि उठाउने बताउनुभएको छ । 

शुक्रवार काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको १८ औं साधारण सभामा बोल्दै राज्य मन्त्री तामाङले यस्तो बताउनुभएको हो । उहाँले विद्युत उपभोग गर्ने तर विद्युतको रकम नतिर्ने भन्ने नहुने भन्दै ऊर्जा राज्यमन्त्री भएको अवस्थामा नै व्यवसायीहरुबाट रकम उठाउने बताउनु भयो । राज्य मन्त्री तामाङले ८० रुपैयाँको डण्डी १२० रुपैयाँ बेच्ने तर सरकारलाई विद्युतको रकम नबुझाउने छुट नभएको बताउनु भयो । उहाँले अहिले ठूला व्यापारीहरुले देशमा एक्लौटी रुपमा विद्युत उपभोग गर्ने पैसा नतिर्ने भन्दै मिनाह गर्न सरकारसँग माग गरे पनि व्यापारीहरुबाट विद्युतको रकम उठाएर छाड्ने उल्लेख गर्नुभयो । उहाँले डण्डी र सिमेन्ट व्यवसायीहरुको कारणले १ हजार निर्माण व्यवसायीहरु कालोसूचिमा परेको भन्दै उनीहरुबाट विद्युत वक्यौता रहक उठाएरै छाड्ने बताउनु भयो । उहाँले जलविद्युतको विकास गर्नसके मुलुकको २४ खर्बको सार्वजनिक ऋण विद्युत निर्यात गरेर तिर्नसक्ने बताउनु भयो । उहाँले सार्वजनिक ऋण वृद्धि हुँदै जाँदा मुलुक नै लिलाम हुने अवस्थामा पुगेको बताउनु भयो । उहाँले अन्य देशले ऋण दिएपछि उठाउनुपर्ने बताउनु भयो । 


उहाँले भन्नुभयो,‘मुलुकको २४ खर्बको सार्वजनिक ऋण ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत प्राधिकरणले विद्युत निर्यात गरेर तिर्नसक्छ जस्तो लाग्छ । सार्वजनिक ऋण वृद्धि हुँदै जाँदा मुलुकलाई नै लिलाम गर्ला जस्तो लागेको छ । ऋण दिएपछि लिनैप¥यो । विद्युतको पैसा व्यवसायीहरुले बुझाएन भन्नेछ । मैले भनिसकेको छु । उपभोग गरको विद्युतको पैसा व्यवसायीहरुले तिर्नुपर्छ । सिमेन्ट,डण्डी वा अन्य क्षेत्र सबैले विद्युतको रकम तिर्नुपर्छ । डण्डी र सिमेन्ट व्यवसायीहरुको कारणले १ हजार निर्माण व्यवसायीहरु कालोसूचिमा परेका छन् । यी नै व्यवसायीहरुले ८० रुपैयाँको डण्डीलाई १२० रुपैयाँमा बेच्ने गरेका छन् । अहिले ठूला व्यापारीहरुले देशमा एक्लौटी रुपमा विद्युत उपभोग गर्ने पैसा नतिर्ने अनि मिनाहा गर्नुपर्छ भन्ने गरेका छन् । व्यापारीहरुबाट विद्युतको पैसा मन्त्रालय हुँदाहुँदै उठाएर छाड्ने प्रतिवद्धता जनाउँछु । सिंचाई मन्त्रालय अन्तर्गतका निर्माण क्षेत्रका ठेक्का मंसिर पहिलो हप्ताबाट शुरु गर्छु । निर्माण व्यवसायीहरुले ठेक्का लिएका आयोजनाहरु समयमा नै सम्पन्न गर्न आग्रह गर्दछु ।’

कार्यक्रममा बोल्दै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नयाँ सरकार आएपछि भुक्तानी पाउने आशा गरे पनि अपेक्षाअनुसार काम नभएको गुनासो गर्नुभयो । उहाँले दुई ठूला पार्टी मिलेर सरकार बनाए पनि निर्माण व्यवसायीको मागलाई सम्बोधन गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले सरकारले निर्माण उद्योग चलायमान बनाउन नसक्दा अर्थतन्त्र समेत चलायमान हुन नसकेको बताउनु भयो ।

उहाँले सरकार बनेको दुई महिना पुग्दा पनि कस्मेटिक रुपमा निर्माण उद्योगको समस्या सम्बोधन गरी भुक्तानी दिएको भनिए पनि वास्तविक रुपमा निर्माण व्यवसायीहरुले भुक्तानी नपाएको बताउनु भयो । 

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड व्यवस्था र सरकार दुवै फाल्नुपर्छ: ज्ञानेन्द्र शाही परराष्ट्रमन्त्री डा. राणा आज स्वदेश फर्कँदै जिम्मेवारी हेरफेरले राप्रपामा विवाद बल्झियो एमाले सांसद शाहीले गरे बालेनको आलोचना : बाढीमा खै उद्धार गरेको ? प्रधानमन्त्रीले अङ्ग्रेजी नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग गर्नुभएको होइन: शंकर पोखरेल अनेरास्ववियु क्रान्तिकारीको आजको बन्दसत्र स्थगित   अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल, पार्टीले हस्तक्षेप गर्दै अखिल क्रान्तिकारी सम्मेलनमा आज पनि झडप, हलमा हात हालाहाल सरकारको योजना : दुई दिनभित्र खोज-उद्धार सकेर बाढीपहिरो पीडितलाई राहत सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पबल्खुका बाढीपीडितहरूसँग प्रचण्डको अन्तरक्रिया प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन राजेन्द्र लिङ्देन भन्छन्- विपदको क्षति न्युन गर्न सरकार चुक्यो प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा कुर्सी हानाहान र कुटाकुट दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्नेमा’, अर्को सुनुवाइ मंगलबार वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री ! धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरुवा प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै कोशी ब्यारेजको जलसतह आधा घट्यो