2026-07-06 05:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले सांसद शाहीले गरे बालेनको आलोचना : बाढीमा खै उद्धार गरेको ?

असोज १८, काठमाडौँ |  नेकपा एमालेका सांसद दयालबहादुर शाहीले बाढीको बेला काठमाडौँ महानगर प्रमुख बालेन शाहले नगर प्रहरी परिचालन नगरेको भन्दै आलोचना गरेका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद शाहीले बालेन सस्तो लोकप्रियतामा लागेको बताए । 


उनले भने– ‘सडकमा व्यापार गरेर खानेहरूलाई लखेट्ने बालेनका नगर प्रहरी बाढीमा कहाँ गए ? सस्तो लोकप्रियताले मात्र केही हुँदैन ।’  उनले बाढी गएका बेला प्रधानमन्त्री अमेरिका बस्यो भनेर हौवा फैलाएको बताउँदै उताबाट आउनै ३ दिन लाग्ने कुरा किन नबुझेको भन्दै प्रश्न गरे । 

उनले हाइवे खोलाको किनारबाट बनाएका कारण बढी क्षति भएको बताए ।  उनले भने– ‘नाम नै हाई वे अर्थात अग्लो ठाउँबाट बाटो हुनुपर्ने, तल तलबाट बाटो बनाएपछि क्षति हुँदैन त ।’  उनले मौसमविद्ले भने पनि नभने पनि बर्सादका बेला र हिउँदमा आगलागी हुने बेला पूर्वतयारी हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा