असोज ९, काठमाडौ । व्यवस्थापिका संसदका दुई वटा समितिले बुढीगण्डकी जलबिद्युत आयोजना चिनिया कम्पनी गेजुवालाई दिने अघिल्लो सरकारको निर्णय तत्काल खारेज गर्न सरका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ९, काठमाडौ । व्यवस्थापिका संसदका दुई वटा समितिले बुढीगण्डकी जलबिद्युत आयोजना चिनिया कम्पनी गेजुवालाई दिने अघिल्लो सरकारको निर्णय तत्काल खारेज गर्न सरका"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुढीगण्डकी आयोजनाको निर्णय तत्काल खारेज गर्न सरकारलाई निर्देशन

९ आश्विन २०७४, सोमबार ०९:३६


असोज ९, काठमाडौ । व्यवस्थापिका संसदका दुई वटा समितिले बुढीगण्डकी जलबिद्युत आयोजना चिनिया कम्पनी गेजुवालाई दिने अघिल्लो सरकारको निर्णय तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएका छन् । 

अघिल्लो काँग्रेस-माओवादी गठबन्धन सरकारका उर्जामन्त्री जनार्दन शर्माले बुढीगण्डकी आयोजना चिनिया कम्पनी गेजुवालाई निर्माण गर्न दिने निर्णय गरेका थिए । 

संसदको कृषि तथा जलस्रोत समिति र अर्थ समितिको सोमबारको बैठकले १२ सय मेगावाट क्षमताको सो आयोजना चिनिया कम्पनी गेजुवालाई दिने निर्णय खारेज गर्न निर्देशन दिएका हुन ।

ती दुई समितिका संयुक्त बैठकले बुढीगण्डकी जलबिद्युत आयोजना सम्बन्धमा मन्त्रिपरिषद, उर्जा मन्त्रालयबाट भएको निर्णय नेपालको प्रचलित नियम कानुन सम्बत नदेखिएको, सार्वजनिक खरिद ऐन उल्लंघन गरिएको, खुला प्रतिस्पर्धा नगराइएको र नेपालमा जलबिद्युत क्षेत्रमा असफल सावित चिनिया कम्पनी गजुवा समूहसँग हचुवाको भरमा समझदारी गरिएका कारण प्रक्रिया तत्काल खारेज गर्न निर्देशन दिने निर्णय गरेको हो ।

उर्जा राज्यमन्त्रीबाट बुढी गण्डकी जलबिद्युत आयोजना आफनै बजेटबाट बनाउन सकिने र अर्थमन्त्रालयबाट सो आयोजना सम्पन्न गर्न सक्ने गरी स्रोत व्यवस्थापन गर्न सकिने अभिव्यक्ति आएको पृष्ठभूमिमा नेपालले नेपाली जनताको सहभागिता र नेतृत्वमा यो आयोजना यथाशिघ्र निर्माण गर्ने गरी अघि बढाउन समितिले निर्देशन दिएको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ