२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सगरमाथा सजिलै हेर्न सकिने चम्पादेवीको विकासले तीव्रता पायो

२०७४, १२ फाल्गुन शनिबार ०४:४०

फागुन १२, काठमाडौँ । सगरमाथा सजिलै हेर्न सकिने चम्पादेवीमा भौतिक पूर्वाधार विकासले तीव्रता पाएको छ । 

काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट हिमालको दृश्यावलोकन गर्न स्वदेशी तथा विदेशी आउन थालेपछि यहाँका स्थानीय मार्गको स्तरोन्नति, घरबास, सामान्य होटल, रेष्टुराँसमेत खुल्ने क्रम बढ्दै गएको छ । 

छोटो समयका लागि पदयात्रासमेत गर्न सकिने काठमाडौँ दक्षिणभेगस्थित स्थलको प्रचारप्रसार बढ्दै गएपछि पर्यटकको चापलाई दृष्टिगत गरी पूर्वाधारको विकास हुनेक्रम जारी छ । चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाले पूर्वाधार विकासका लागि पहल गर्दैछ । 


दक्षिणकाली नगरपालिका–६ मा पर्ने चम्पादेवी मन्दिर वरपर क्षेत्रका केही केही जंगल कीर्तिपुर नगरपालिका्े–१ मा समेत पर्छ । चम्पादेवी पाउँ वोसनदेखि देउराली हुँदै चम्पादेवी डाँडा भई पुष्पलाल स्मृति प्रतिष्ठान क्षेत्रसम्म पदयात्राका रुपमा विकास गरिएको छ । सो मार्ग करीब नौ किलोमिटरको छ । 

सामान्य रुपमा वरपर ढुंगाको पर्खालका माध्यमबाट चम्पादेवीको शिलालाई घेरेर राखिएकामा सोही संस्थाको पहलमा केही व्यवस्थित गरिएको छ । संस्थाका अध्यक्ष जनक तामाङले चम्पादेवीको ऐतिहासिकताको संरक्षण तथा व्यवस्थापनका लागि पुरातत्व विभागबाट करिब रु आठ लाखको लागतमा मन्दिर निर्माणमा सहयोग प्राप्त भएको बताउनुभयो । 

विशेष गरी फागुन चैतको समयमा सगरमाथाको अवलोकन गर्न सकिने बताउँदै उहाँले सूर्योदयका साथै सूर्यास्तसम्मका दृश्यलाई पनि हेर्न सकिन्छ भन्नुभयो । त्यहाँबाट मकालु, लाक्पादोर्जे, गौरीशंकरलगायत हिमशृङ्खलासमेत एकसाथ अवलोकन गर्न सकिन्छ । 

वनजंगलले ढकमक्क ढाकिएको चम्पादेवी क्षेत्र विभिन्न जडीबुटीको भण्डार पनि हो । लालीगुराँसले ढकमक्क ढाकिएको यहाँको जंगल फागुनचैतमा गुराँस फुल्ने भएका कारण निकै सुन्दर देखिन्छ । 

यहाँको सुन्दर दृश्य हेर्न तथा छोटो समयको पदयात्राका लागि पर्यटक लोभिने गरेको कीर्तिपुर क्षेत्र पर्यटन विकास समाजका सचिव वीरेन्द्र शाक्यले बताउनुभयो । 

मच्छेगाउँ–चम्पादेवी, फर्पिङ–चम्पादेवी, पुष्पलाल उद्यान–चम्पादेवी, चाल्नाखेल–चम्पादेवीजस्ता पदमार्गमार्फत पर्यटक चम्पादेवी पुग्ने गरेका छन् । प्रत्येक वर्ष वैशाख १ गते त्यहाँ लाग्ने मेलामा हजारौँ पर्यटक आउने गरेका छन् । नयाँ वर्षका दिन चम्पादेवीको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । 

पर्यटकीय गन्तव्यका लागि पर्याप्त सम्भावना भएर पनि करीब दुई दशकसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुँदा सो क्षेत्र ओझेलमा परेको थियो । 

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले चम्पादेवी मन्दिर तथा त्यस आसपास क्षेत्रका महत्व ओझेलमा परेको अहिलेको अवस्थामा आवश्यक पूर्वाधार विकासमा केही सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

“चम्पादेवीदेखि चन्द्रागिरि र आसपासका क्षेत्रलाई समेट्दै एकीकृत पर्यटकीय विकास गर्न सरोकार भएकासँग सहकार्य गरिनेछ, त्यहाँको विकासका लागि दुवै नगरपालिकाको समन्वय र सहकार्य आवश्यक देखिन्छ ”, उहाँले भन्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै