Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

१७ विभाग थप्ने देउवाको प्रस्ताव, पौडेल पक्ष रुष्ट

By साझासवाल

कात्तिक १०, काठमाडौँ | काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन तीन महिना बाँकी छँदा केन्द्रीय विभागको सङ्ख्या २८ बाट बढाएर ४५ वटा पु¥याउने प्रस्ताव गरेका छन् । महाधिवेशसनको संघारमा विभाग बढाउने प्रस्तावलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गरेको छ ।

कांग्रेसमा देउवाले १७ वटा विभाग थप्न प्रस्ताव गरेपछि संस्थापन इतरपक्ष रुष्ट बनेको हो । महाधिवेशनलाई केन्द्रीत गरी सभापतिले आफ्ना पक्षका नेताहरुलाई व्यवस्थापन गर्न यस्तो प्रस्ताव ल्याएको भन्दै इतरपक्षले विरोध जनाएको छ ।

विभाग बढाउने कि नबढाउने भन्ने विवादले बिहीबारको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन् ।