2026-07-03 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब ११ दिनसम्म कसरी राखिन्छ मतपेटिका ?

मङ्सिर १०, काठमाडौँ | ३२ जिल्लामा प्रतिनिधि र प्रदेश सभाका लागि मतदान सकिएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा साँझ ५ बजेसम्म लाइनमा बसेर मतदाताले भोट हालेका थिए । 

पहिलो चरणमा भएको ३२ जिल्लाको यो निर्वाचनबाट ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्य निर्वा्चित हुनेछन् । तर चुनावमा कसले जित्यो भन्ने थाहा पाउन कम्तीमा ११ दिन कुर्नु पर्नेछ । मंसिर २१ गते दोस्रो चरणको चुनावपछि मात्रै देशभरिको मतगणना एकैसाथ सुरु हुनेछ । 

११ दिनसम्म मतपेटिका कसरी सुरक्षित राखिन्छ ? 


मङ्सिर २१ गतेसम्म मतगणना नहुँदा मतपेटिकालाई सुरक्षित तरिकाले राखिनेछ । मतदान भएका स्थानबाट सुरक्षाका लागि मतपेटिकाहरु सदरमुकाम ल्याइन्छ । पहिलो चरणमा चुनावमा भएका मध्ये २७ जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र छन् भने बाग्लुङ, गोरखा, धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा दुई–दुई निर्वाचन क्षेत्र छन् । मतपेटिका सुरक्षित राख्ने जिम्मा आयोगले  जिल्ला निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतलाई दिएको छ । 

मतपेटिका कसरी सुरक्षित राख्ने भन्ने बिषयमा मुख्य निर्वाचन अधिकृतले निर्णय लिनेछन् । मतपेटिकाको सुरक्षाको लागि पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र अन्तिम घेरामा नेपाली सेना रहने व्यवस्था छ । कतिपय जिल्लामा भने मतपेटिका राखिएको ठाउँमा सिसिटिभी पनि जडान गरिएको छ । मतपेटिकालाई सिलबन्दी गरेर सुरक्षा घेरामा राखिनेछ । 

- तश्विर: डील्ली मल्लबाट 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन