२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमिकाले भेट्न नमानेपछि ११ बर्षीय भाइको अपहरण, नुहाउँदा नुहाउदै थाकेपछि डुबाएर हत्या

२०७५, २४ श्रावण बिहीबार ०६:४३

साउन २४, एजेन्सी | भारतको लुधियानामा प्रेमिकाले भेट्न नमानेपछी रिसाएका प्रेमीले उनको ११ बर्षका भाईलाई अपहरण गरि हत्या गरेको समाचार भारतीय संचार माध्यममा छाएको छ ।

वालक अपहरण गरेपछि ति अपहरणकारी प्रेमीले बालकलाई सतलज नदीमा डुबाएर हत्या गरेका छन् । हत्या गरेको ९ दिनपछी ४ अगस्टका दिन अपहरणकारीले प्रेमिकाको आमाबुबासँग २ लाख रुपयाँको फिरौती समेत माग्दै पैसा नदिए बच्चा मारिदिने धम्कि मोबाइल संदेश मार्फत दिएका थिए । त्यहि म्यासेजको आधारमा प्रहरीले फोन ट्रेस गरि आरोपीलाई दिल्लीबाट गिरफ्तार गरेको छ ।

आरोपीको पहिचान बिहारको अजमल आलमको रुपमा भएको छ । आरोपीलाई पक्राउ गरेपछि भारतीय प्रहरीले अदालतमा पेश गर्दै दुई दिन हिरासतमा लिएको छ । आरोपीलाई प्रहरीले बच्चाको बुबा कुन्नेलालको बयानको आधारमा मुद्धा दायर गरेको छ । प्रहरीले त्यस अघि बच्चाको अपहरणको मुद्दा दायर गरेको थियो । तर ९ दिनपछी आरोपीले फिरौती मागेपछि र मारेको थाहा भएपछी अपहरण गरि हत्या गरेको भन्दै हत्याको पनि मुद्दा दायर गरेको छ ।

स्कूलबाट फर्कंदै गर्दा अपहरण: नुहाउँदा-नुहाउँदै थाकेपछी नदीमा डुबाएर हत्या 

२७ जुलाईको दिन जब बालक स्कूलबाट घर आएर खेल्न जाने क्रममा अपहरणमा परेका थिए । आरोपीले प्रहरीलाई दिएको बयान अनुसार जब उनले बालकलाई अपहरण गरे तब प्रेमिकालाई तड्पाउनकै लागि उनको भाईको हत्या गर्ने योजना बनाएका थिए । यस क्रममा सतलज नदीमा बच्चालाई नुहाउन लगा, नुहाउँदा-नुहाउँदै बच्चा थाकेपछि उनले बच्चालाई सतलज नदीमा डुबाएर हत्या गरेका थिए । हत्या पछि बालकको लासलाई उनले नदीमै बगाईदिएका थिए । 

बच्चाला हत्या गरेको दुई दिनपछि अपहरणकारीलाई थाहा भयो कि बच्चाको बुबाले प्रहरीमा मुद्दा दर्ता गरेका छन् तब उनि भागेर दिल्ली पुगे । उनि दिल्ली मा रहेकी अर्की प्रेमिकाको मा गएर लुकेर बसेका थिए । प्रहरीले उनलाई खोजि गरेपनी कहाँ छन् कुनै सुराकी नपाएको अवस्थामा उनले बालक हत्या गरेको ९ दिनपछी बालकको बुबालाई २ लाख फिरौती माग्दै पैसा मागे । आरोपीले ९ दिनपछि नयाँ सिम लिएर आफ्नी दिल्लीमा रहेकी प्रेमिकाको फोनमा हालेर बच्चाको बुबालाई म्यासेज गरेका थिए । त्यसपछि उनले फेरी अर्को म्यासेज गरेका थिए जसमा भनेका थिए कि यदी फिरौती नदिने भए बच्चालाई भुले हुन्छ । उनले फेरी अर्को म्यासेजमा भनेका थिए कि 'एकको ज्यान गएको छ र अब अर्को छोरा वा छोरीको पालो छ । पैसा नदिनुको सजाय तैले भुल्दैनस्, किनकी आफ्नो छोराको लास लिएर जा ।'

अपराधीबाट आएको म्यासेजको आधारमा प्रहरीलाई अपराधी पक्रन सहयोग मिल्यो । म्यासेज्को आधारमा प्रहरीले नंबर ट्रेस गर्न सुरु गर्यो । तर आरोपीले मोबाइल बन्द गरे । मोबाइल बन्द भएपनि नंबर ट्रेस गर्दै तीन दिन अपछी आरोपीलाई प्रहरीले दिल्लीबाट पक्राउ गर्न सफल भयो । अपराधीले दिएको बयान अनुसार बालकको शव खोजिनेछ । प्रहरीले आरोपीको दिल्लीमा रहेकी प्रेमिकालाई पनि  पक्राउ गरेर अपहरणमा संलग्न हुनसक्ने अन्यको जानकारी लिंदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित