२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बैतडीमा मत परिणाम सार्वजनिक: दुई वडामा कांग्रेस र एउटामा नेकपा विजयी

२०७६, १५ मंसिर आईतवार ०५:४२

मंसिर १५, बैतडी | शिनिबार भएको उपनिर्वाचनको मत गणना बैतडीमा राति नै मत सम्पन्न भएको छ | बैतडीका ३ वडामा २ मा नेपाली कांग्रेस, १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा )विजयी भएको छ | जिल्लाको दोगडाकेदार गाउँपालिका ४ मा कांग्रेसबाट उम्मेदवार सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी नगरपालिका ४ मा नेकपाबाट उम्मेदवार शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका १ मा कांग्रेसबाट उम्मेदवार गजेन्द्र बहादुर चन्द विजयी भएका हुन् |

दोगडाकेदार ४ मा विजयी भट्टले निकटतम प्रतिद्वन्दी नेकपाका नरेन्द्रप्रसाद भट्टभन्दा १०० बढी भोट प्राप्त गरेर विजयी भएका हुन् | कुल खसेको १ हजार ९८ मतमध्ये विजयी भट्टले ५८४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्दी भट्टले ४८४ मत प्रप्त गरे । यस्तै राप्रपा संयुक्तका देबसिंह खत्रीले ६ मत पाए भने २४ मत बदर भएको छ |

यस्तै पुर्चाडी नगरपालिका ४ मा नेकपाका धानुक १ सय ५ मत बढी लिएर विजयी भएका छन्। कुल खसेको १ हजार तीन सय ३० मतमध्ये विजयी धानुकले ६ सय ६३ मत प्राप्त गरे  भने निकटतम प्रतिद्वन्दी कांग्रेसका गोबिन्द बहादुर धामीले ५ सय ५८ मत प्राप्त गरे। यस्तै स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर बोहराले ३५ मत प्राप्त गरे भने ७५ मत बदर भयो।

सुर्नया गाँउपालिका १ मा कांग्रेसका उमेदवार गजेन्द्र बहादुर चन्द बिजयी भएका छन्। तदानमा खसेको जम्मा ४ सय ३८ मतमध्ये २ सय १९ मत प्राप्त गर्दै उनी विजयी भएका हुन्। उनका प्रतिद्धन्दी नेकपाका धन बहादुर चन्दले २ सय १५ मत प्राप्त गरेका छन् भने ४ मत बदर भएको छ |

दोगडाकेदार ४ र पुर्चौडी ४ मा यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका थिए भने सुर्नया १ मा कांग्रेसमा उम्मेदवार विजयी भएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा