Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ ०४ गते, दिउँसो १:०७ बजे समाज

५८ वर्ष कैद सजाय पाएका चोर १५ वर्षपछि पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ४, काठमाडौँ ।</b> ५८ वर्ष कैद सजाय पाएका चोर १५ वर्षपछि पक्राउ परेका छन्। चोरी मुद्दामा फरार ४१ वर्षीय दिपक श्रेष्ठलाई प्रहरीले काठमाडौं महानगरपालिका-६ बौद्धबाट शनिबार पक्राउ गरेको हो।<br></p><p>महानगरीय अपराध महाशाखाको विशेष टोलीले दोलखा घर भइ बौद्ध बस्ने उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।</p><p>उनीविरूद्ध नवराज न्यौपानेसहित १० जनाले छुट्टाछुट्टै जाहेरी दिएका थिए। १० वटा चोरीको मुद्दामा काठमाडौं जिल्ला अदालतले २०६३ पुस २३ गते उनीविरूद्ध कैद सजाय सुनाएको थियो। अदालतले उनलाई ५८ वर्ष कैद सजाय सुनाएको थियो। श्रेष्ठलाई पक्राउ गरी फैसला कार्यान्वयन गर्न अदालतमा उपस्थित गराइएको छ।</p>