२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यही चुनाव मेरा लागि अन्तिम हो– झलनाथ खनाल

२०७९, ५ भाद्र आईतवार ०६:२४

भदौ ५, काठमाडौं | नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू अन्तिम पटकका लागि प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन लागेको बताएका छन् । 

इलाम क्षेत्र नं. १ मा गठबन्धनबाट चुनाव लड्न लागेको उनले बताए ।


आइतबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै खनालले यो निर्वाचन आफ्ना लागि अन्तिम हुने बताएका हुन् । 

राष्ट्रपति हुने सहमतिमा चुनाव नलड्ने चर्चा छ नि ? भन्ने पत्रकारको जिज्ञासामा खनालले भने, ‘जनतासँगको माया पिरती टुटेको छैन । ४८ सालदेखि चुनाव लड्दै आएको छु । अब एकपटक लड्छु ।’  

उनले इलाम– १ बाट चुनाव जित्ने जित्ने विश्वास समेत व्यक्त गरे । अहिले पाँचदलीय गठबन्धनबाटै निर्वाचनमा होमिने खनालले बताए । 

‘गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ,’ उनले भने, ‘एकतामै बल हुन्छ । एक्लो ढेडुको असफलता अनिवार्य छ ।’ 

उनले गठबन्धन चुनावसम्म हुुन्छ की पछिसम्म जान्छ भन्ने कुरा भन्न नसकिने बताए। तर, अहिले चुनावसम्म गठबन्धन दृढतापूर्वक अगाडि बढ्ने बताए।

उनले दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डन सृजना भएको बताउँदै तत्तकाल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए।

नेता खनालले अहिले आफूहरू नेकपा माओवादी केन्द्रसँग निकटतामा रहेको बताए। ‘मुलुकका लागि बृहत वामपन्थी एकताको आवश्यकता थियो, त्यो भएन तर समाजवादी रुपान्तरणको शिलशिलामा एकतावद्ध हुनैपर्छ’ उनले भने। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन