पढ्न करिब 1 मिनेट लाग्छ

फागुन २२, काठमाडौं | प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीमा युवाहरुलाई निःशुल्क तालीम दिने भएको छ । कुल ६० जना युवाले व्यवहारिक तालिम प्राप्त गर्ने परिषद्ले जनाएको छ ।

परिषद्को बागमती प्रदेश कार्यालय र बूढानीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा यस्तो तालिम सञ्चालन हुने भएको छ ।

२२ फागुनदेखि ६ चैतसम्म तालिमका लागि आवेदन दिन सकिने भएको छ । परिषद्ले मोबाइल फोन रिपेयर टेक्निसियनमा २० जना, कम्प्युटर हार्डवेयर टेक्निसियनमा २० जना र प्रोफेसनल प्लम्बरमा २० जनाले तालिम निःशुल्क पाउने भएका छन् । यस्तो तालिम क्रमशः ३९०, ३९० र १६९६ घण्टा अवधिको हुने छ । साधारण लेखपढ गर्न जान्नेले तालिममा भाग लिन सक्ने छन् । दैनिक ६ घण्टासम्म पढाइने भएको छ । अन्तर्वार्ताका माध्यमबाट छनोट गरिने भएको छ ।

हेर्नुहोस् सूचनाः