शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Posted on: 30 Jun, 2023

असार १५, काठमाडौँ | साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ ।

अघिल्लो दिन बिहिबार १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!