बढेर आयो डिजेल र खाना पकाउने ग्यासको मूल्य, नेपालमा के हुन्छ ?

Posted on: 02 Jul, 2023

असार १७, काठमाडौँ | भारतबाट डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ ।

इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ १६ पैसाले बढेको छ । मट्टीतेल ५ पैसाले बढेको छ ।

यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १६० रुपैयाँले बढेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले  जानकारी दिए ।

यस्तै हवाई इन्धनको मूल्य ५७ पैसाले बढेको छ । यो बढेको मूल्यलाई आधार मान्दा निगमले आगामी १५ दिनमा १ अर्ब ६० करोड रुपैयाँ नाफा गर्नेछ । गत १५ दिनमा भने १ अर्ब ६२ करोड रुपैयाँ नाफा गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!