बिकास हाईड्रोको सफलतापछि सुपर माछाखोला जलविधुतको पिपिए

Posted on: 06 Jul, 2023

असार २१, काठमाडौँ । बुढीगण्डकी हाईड्रोपावर प्रालिद्वारा प्रवर्द्धन गर्न लागिएको सुपर माछाखोला जलविधुत आयोजना ४.६ मेघावाट  र नेपाल विधुत प्राधिकरण (NEA) विच विधुत खरिद बिक्रि संझौता (PPA) सम्पन्न भएको छ । 


गोरखा जिल्ला धार्चे गाउपालिकामा निर्माण गर्न लागिएको यस आयोजनाको नेतृत्व गैर आवासीय नेपाली संघ एनआरएनए आईसिसिका सचिव एबं सफल ब्यबसायी  खगेन्द्र न्यौपानेले गरेका छन । उक्त हाईड्रोको संचालक समितिमा आनका महासचिव कृष्ण घिमिरे, सरोज धिताल, राजकुमार गुरूङ र इन्द्र बहादुर ढकाल रहेका छन । यही टिमले यस अघि सोहि क्षेत्रमा बिकाश हाईड्रो पावरको बिधुत प्राधिकरणले दिएको समयभन्दा पहिला नै सफलतापूर्वक सम्पन्न गरी RCOD समेत गरिसकेको छ । 

बिकाश हाईड्रो पावरलाई सफलतापूर्वक सम्पन्न गरेपछि देश बिकाशमा सानो भने पनि थप योगदान गर्न सुपर माछाखोला जलविधुत आयोजना ४.६ मेघावाट शुरु गरेको अध्यक्ष खगेन्द्र न्यौपानेले बताए । मलेसियाका अत्यन्तै सफल ब्याबसायी न्यौपानेले देश बिकाशको  महत्वपुर्ण आधार जलस्रोत,जंगल र जमिन नै भएको जनाउदै  गैरआवासीय नेपालीको पनि देश बिकाशमा ठुलो योगदान रहेको बताए ।


उनले आफूले अघिल्लो बिकास हाईड्रोजस्तै यो हाईड्रोलाई पनि समय सिमा भन्दा पहिले नै सम्पन्न गरेर लगानीकर्ताहरुको मन जित्ने बताए ।

यस्तै अर्का संचालक कृष्ण घिमिरेले बिकास हाईड्रोलाई जस्तै यो प्रोजेक्टलाई माया गरिदिन सबैलाई आग्रह गरे । घिमिरेले आफूहरुले छिट्टै अर्को हाईड्रो पनि निर्माण गर्ने बताए ।

उक्त आयोजनाको बित्तिय ब्यबस्थापन गरि चांडै नै निर्माण कार्य सुरू गर्ने तयारी रहेको र निर्माण कार्य करिव ३ बर्षमा सक्ने लक्ष्य राखिएको संचालक सरोज धितालले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!