सुनको मूल्य सामान्य बढ्यो र चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

Posted on: 18 Jul, 2023

साउन २, काठमाडौँ | मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुनको मूल्य सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ तय गरेको छ भने सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ  थियो | त्यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ भने हिजो तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य स्थिर कायम छ । महासंघले आज हिजो सोमबारकै मूल्यमा चाँदीको कारोबार भइरहेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!