नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, ३ अर्ब ३४ करोडको कारोबार

Posted on: 19 Jul, 2023

साउन ३, काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ। नेप्से परिसूचक ११ दशमलव १७ अंकले बढेर दुई हजार एक सय ६५ दशमलव २४ अंकमा कायम भएको हो। आज दुई सय ६० कम्पनीको ८६ लाख ७४ हजार एक सय नौ कित्ता सेयर ५१ हजार चार सय ४५ पटक खरिद बिक्री हुँदा रू तीन अर्ब ३४ करोड ८६ लाख ७९ हजार नौ सय बराबरको कारोबार भएको छ।

आज बैंकिङ समूह २९ दशमलव ६६, विकास बैंक समूह ४९ दशमलव १५, उत्पादन तथा प्रशोधन समूह ६६ दशमलव २२, म्युचुअल फन्ड शून्य दशमलव ०४ र व्यापार समूह एक सय २८ दशमलव ७८ अंकले बढेको छ। बाँकी अरु समूहको उपसूचक भने घटेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!