घट्यो सुनचाँदीको मूल्य !

Posted on: 23 Jul, 2023

साउन ७, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको जनाएको छ। महासंघका अनुसार आज आइतबार सुन मूल्य ५०० ले घटेको जानकारी दिएको हो । जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!