रेमिट्यान्स २१.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब भित्रियो

Posted on: 18 Aug, 2023

भदौ १, काठमाडौँ | नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २१.२ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स २१.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ भित्रिएको जनाएको छ ।

यस आवमा अघिल्लो आवको तुलनामा रेमिट्यान्स २१.२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष रेमिट्यान्स ४.८ प्रतिशतले बढेको थियो । 

यस आवमा वैदेशिक रोजगारीमा जाने व्यक्तिको संख्याले कीर्तिमान कायम गरेको थियो । सोही अनुसार नेपालीहरुले स्वदेशमा वैधानिक च्यानलबाट रकम पठाउने क्रम समेत वृद्धि भएको हो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!