३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अभिनेता साहिल खान पक्राउ

१६ बैशाख २०८१, आईतवार ०७:५४

बैशाख १६, नयाँ दिल्ली । मुम्बई प्रहरीले फिल्म अभिनेता साहिल खानलाई पक्राउ गरेको छ । छत्तीसगढको चर्चित अनलाइन सटटा एप महादेवको मामिलामा बस्तरबाट उनलाई पक्राउ गरेको हो ।  साहिल खानमाथि अनलाइन बेटिंग एपको वेबसाइट चलाएको र यसको प्रचार–प्रसार गरेको आरोप छ ।

बस्तर प्रहरीले यसको पुष्टि गरेको छ । पुलिसका अनुसार साहिल खानले यस मामिलामा मुम्बई हाई कोर्टमा अग्रिम जमानत याचिका दायर गरेका थिए । तर अदालतले जमानत याचिका खारेज गरिदिएपछि साहिल बस्तरको जिल्ला सदरमुकाम जगदलपुरमा लुकेर बसेका थिए ।

पक्राउ परेपछि साहिल खानलाई छत्तीसगढबाट मुम्बई ल्याइएको छ । ‘मलाई भारतीय न्याय प्रणालीमा पूर्ण विश्वास छ ।’ समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै साहिल खानले भनेका छन् ।  गतहप्ता मुम्बई पुलिसले यस मामिलामा अभिनेता सञ्जय दत्त र तमन्ना भाटियालाई पनि समन जारी गरेको थियो ।


भारत सरकारको प्रबर्तन निर्देशालय अर्थात ईडीले यो एपमाथि छानबिन गरिरहेको छ । यो एपको मूल्य कयौं हजार करोड रुपैयाँ भएको बताइएको छ । गत वर्ष दुबईमा भएको बिहेमा यस एपका मालिक सौरभ चन्द्राकारले २ सय करोड रुपैयाँ खर्च गरेको खबर आएपछि महादेव एप पहिलोपटक चर्चामा आएको थियो ।

गत वर्ष अगस्टमा ईडीले छत्तीसगढ पुलिस सहायक उपनिरीक्षक चन्द्रभूषण बर्मा, सतीश चन्द्राकार, हवाला अपरेटर अनिल दममानी र सुनील दममानीलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन अन्तर्गत पक्राउ गरेको थियो । 

कोलकाता, भोपाल, मुम्बईसहित ३९ शहरमा छापा मारेर ४१७ करोडको नगद, सम्पत्ति र अन्य प्रमाणहरू जफत गरेको सेप्टेम्बर १५ मा जारी एक बयानमा ईडीले भनेको थियो । मुम्बई फिल्म उद्योगका धेरै कलाकारहरूले महादेव सट्टा एपको प्रवद्र्धन गरेको, यसले आयोजना गरेको कार्यक्रममा सहभागी भएको र कयौं अनलाइन एपमा हिस्सेदार रहेको खबर आएपछि मुम्बई प्रहरीले मुद्दा दर्ता गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’