बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on: 29 Aug, 2023

भदौ १२, काठमाडौँ | आज मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । 

अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ११ हजार ७ सय रुपैयाँ पुगेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै बढेर १ लाख ११ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्र बढेर आज प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!